+
+

पैसा चोरेर हराएका बैंक कर्मचारी बस्दै आएको घर ५ दशकपछि पत्ता लाग्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १७:४६

२८ कात्तिक, काठमाडौं । पाँच दशकअघि आफैंले काम गर्ने बैंकबाट पैसा चोरेर फरार भएका एक व्यक्तिको पहिचान भएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार क्लेभल्याण्डस्थित एक बैंकमा ‘टेलर’को काम गर्ने थियो । डर जोन कोनराडले आफ्नो काम सकेपछि २ लाख १५ हजार अमेरिकी डलर चोरेर हराएका थिए । उक्त रकम कागजको झोलामा राखेर चोर्ने बेला कोनराड २० वर्षका थिए ।

कोनराडले १९६९ मा चोरेको २ लाख १५ हजार डलर अहिले झण्डै १७ लाख डलर बराबर हुन्छ । त्यतिबेलाको सो घटना क्लेभल्याण्डमा भएका चोरीका ठूला घटनामध्ये पर्छ ।

अमेरिकामा सर्वाधिक खोजीको सूचीमा रहेका व्यक्तिमध्ये कोनराड पनि एक थिए । शुक्रबार कानुन पालना गराउने संघीय निकाय मार्शल सर्भिसले ५ दशकपछि उनको पहिचान गरिएको जनाएको छ ।

कोनराड सन् १९७० देखि यसै वर्षको मेसम्म थोमस रान्डिल बनेर बोस्टनमा बस्दै आएको अधिकारीहरूले बताएका छन् । उनी बस्दै आएको घर ‘द थोमस क्राउन अफेयर’ नामक चलचित्र छाँयाङ्कन गरिएको स्थान नजिकै छ ।

मुख्य पात्रले बोस्टन बैंकबाट २० लाख डलरभन्दा बढी रकम चोरेको कथामा आधारित सो चलचित्र बनेको स्थान नजिकै कोनराड बस्दै आएको घर फेला परेपछि घटनाले नयाँ मोड समेत लिन पुगेको छ ।

अमेरिकाको मार्शल सर्भिसको विज्ञप्तिमा बैंकको रकम चोर्नुअघि कोनराडले सन् १९६८ मा बनेको सो चलचित्रमा गहिरोसँग डुबेको र बैंकबाट पैसा चोर्न सजिलो हुने भन्दै आफ्ना साथीहरूसँग गर्व गरेका थिए ।

कोनराडले शुक्रबार रकम चोरेका थिए । तर उनी सोमबार बैंकमा नआएपछि मात्रै पैसा चोरी भएको कुरा खुलेको थियो । त्यसपछि अधिकारीले क्यालिफोर्निया, हवाई, टेक्सास र ओरेगन जस्ता राज्यमा उनको खोजी गरेका थिए । तर फेला नपरेपछि उनलाई अमेरिकाको ‘मोस्ट वान्टेड’ र ‘अनुत्तरित रहस्य’ सूचीमा राखियो ।

वर्षौंसम्मको छानबिनपछि गत हप्ता म्यासाचुसेट्स गएका अधिकारीहरूले बोस्टनमा नक्कली नाम राखेर कोनराड बस्ने गरेको पुष्टि गरेका छन् ।
यसै वर्षको मे महिनामा ७१ वर्षको उमेरमा फोक्सोको कान्सरका कारण कोनराडको मृत्यु भएको पनि अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?