+
+

प्रदेश २ सरकारको साइकल खरिदमा अनियमितता देखियो : अख्तियार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते २०:००
फाइल तस्वीर : प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको टोली ।

२९ कात्तिक, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा अनियमितता भएको बताएको छ ।

अख्तियारको बर्दिवासस्थित कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको बताए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको छ’ अनलाइनखबरसँग कुरा गर्दै सापकोटाले भने, ‘अब विस्तृत अनुसन्धान शुरु गरेका छौं ।’

विस्तृत अनुसन्धानका क्रममा अनियमितता देखिए विशेष अदालतमा मुद्दा दायर हुने उनले बताए । ‘प्रारम्भिकमा अनियमितता देखिएकाले हामी डिटेलमा अनुसन्धान गर्न लागेका छौं’ उनले भने, ‘यसपछि (भ्रष्टाचार) भए/नभएको बाहिर आउँछ ।’

यो गम्भीर बिषय पनि भएकाले विस्तृत रुपमै हेरिने भन्दै उनले विस्तृत अनुसन्धानका क्रममा अनियमितता देखिए अदालतमा मुद्दा दायर हुने र नभई तामेलीमा जाने बताए ।

साइकल खरिदमा अनियमितता देखिएको भन्दै अख्तियारको टोलीले १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारी साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतले विरोध जनाएका थिए भने उनको पार्टी जसपाले प्रदेशभरि आन्दोलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?