+
+

न्युजिल्याण्डको कप्तानी साउथीले गर्ने, विलियम्सन टेष्टको तयारीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १३:३६

३० कात्तिक, काठमाडौं । न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भारतविरुद्ध हुने तीन खेलको टी-२० सिरिज गुमाउने भएका छन् ।

विलियम्सन टेष्ट टिमको प्रशिक्षणमा सहभागी भएकोले न्युजिल्याण्डले टिम साउथीको कप्तानीमा टिम घोषणा गरेको छ ।

न्युजिल्याण्ड भारतसँग बुधबार पहिलो टी-२० खेल जयपुरमा खेल्दैछ । यूएईमा टी-२० विश्वकपको फाइनल खेलेको केही दिनमै न्युजिल्याण्डले भारतविरुद्ध सिरिज खेल्न लागेको हो ।

काएन जेमिसन, डार्यल मिचेल, मिचेल सान्टनर र ग्लेन फिलिप्स भने टी-२० र टेष्ट सिरिज दुवैमा समावेश छन् ।

यस्तै चोटका कारण टी-२० विश्वकप गुमाएका तीव्र गतिका बलर लकी पर्गुसन पनि टी-२० टिममा फर्किएका छन्।

भारत र न्युजिल्याण्डबीचको दोस्रो खेल नोभेम्बर १९ मा राची र तेस्रो खेल कोलकतामा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?