+
+

वैज्ञानिकले पत्ता लगाए पृथ्वीमा अहिलेसम्मकै गहिरो भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १७:५०

३० कात्तिक, काठमाडौं । वैज्ञानिकहरुले पृथ्वीमा अहिलेसम्मकै गहिरो भूकम्प पत्ता लगाएका छन् । उक्त भूकम्पको उद्गम पृथ्वीको सतहभन्दा करीब ७ सय ५१ किलोमिटर गहिराइमा रहेको छ ।

यो अहिलेसम्मको सबैभन्दा गहिरो भूकम्प मात्र होइन, यति गहिराइमा भूकम्प आउने कुराको कल्पना वैज्ञानिकहरुले गरेका सम्म थिएनन् । यो भूकम्प पृथ्वीको तल्लो मेन्टल भागमा आएको थियो । वैज्ञानिकहरुका अनुसार यो खालका भूकम्प निकै दुर्लभ स्थितिमा मात्र आउँदछन् ।

सन् २०१५ मा जापानको बोनिन टापुमा गएको ७.९ रेक्टर स्केलको भूकम्पको परकम्प ७ सय ५१ किलोमिटर गहिराइमा गएको थियो । उक्त भूकम्पको मूख्य धक्का चाहिँ ६ सय ७० किलोमिटर गहिराइमा आएको थियो ।

भूगर्भविदहरुका अनुसार अचानक उर्जा उत्सर्जन भएका कारण पैदा भएको अत्यधिक दबाबका कारण यस्तो भएको हुन सक्दछ ।

लस भेगासस्थित युनिभर्सिटी अफ नेवादाका जियोमेटेरियल्सका प्राध्यापक पामेला बर्नलेका अनुसार खनिजले सदैव त्यस्तो व्यवहार देखाउँदैन जुन हामीले अपेक्षा गरेका छौँ । यो भूकम्पका कारण पृथ्वीको गहिराइको सीमा हाम्रो बुझाईभन्दा धेरै अनौठो रहेको तथ्य पत्ता लागेको प्राध्यापक पामेलाको भनाई छ ।

कति गहिराइमा पैदा हुन्छ भूकम्प ?

युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियाका भूकम्पविद् जोन विडेलका अनुसार भूकम्पको गहिराइको पनि पुष्टि हुन बाँकी छ तर पछिल्लो यो भूकम्पले वैज्ञानिकहरुलाई अचम्मित बनाइदिएको छ ।

आमरुपमा सबै भूकम्पहरु कम गहिराइमा पैदा हुन्छन् अर्थात् पृथ्वीको सबैभन्दा बाहिरी पत्र क्रस्ट तथा बाह्य मेन्टल भागको १ सय किलोमिटर गहिराइ भित्रैबाट पैदा हुन्छन् ।

पृथ्वीको क्रस्ट भागको मोटाइ ५ किलोमिटर देखि ७० किलोमिटर सम्म हुन्छ भने औषत गहिराइ झण्डै २० किलोमिटर हुन्छ, जहाँ चट्टानहरु चिसो तथा कडा हुन्छन् । ती चट्टानमा दबाब परेसँगै फुट्नु अगाडि थोरै मोडिन्छन् ।

अधिक दबाबमा चट्टान तात्न थाल्दछन् जसका कारण टुट्नु अगाडि चट्टानबाट उर्जा निस्किन्छ । तर धेरै गहिराइमा चट्टानहरु उच्च दबाबमा रहने हुनाले टुट्ने सम्भावना कम हुन्छ ।

यस्तो अवस्थामा जब उच्च दबाबले चट्टानको छिद्रहरुमा भरिएको तरल पदार्थलाई धक्का दिन्छ त्यसबेला भूकम्प आउँदछ । त्यस् क्रममा चट्टानको बीचमा रहेको तरल पदार्थ पनि बाहिर आउन सक्दछ र चट्टान पनि टुट्न सक्दछ ।

तथापि यस्तो खालको भूकम्प आउने सम्भावना केवल ४ सय किलोमिटरको गहिराइसम्म मात्र हुन्छ जुन बाह्य मेन्टल क्षेत्रसम्म मात्र हुन्छ । हुन त यसअघि पनि भित्री मेन्टलको गहिराइमा भूकम्प आएको देखिएको थियो, तर ७ सय किलोमिटर भन्दा तल भूकम्प आउनुलाई असामान्य नै मानिएको छ । किनकी भित्री मेन्टलको गहिराइ नै औषतमा ६ सय ६० किलोमिटर मानिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?