+
+

न्यायाधीशहरुले बार पदाधिकारीलाई भने : न्यायालय सुधारको एजेण्डामा सम्झौता हुन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १७:५५

३० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले न्यायालय सुधारको एजेण्डामा कुनै सम्झौता नगर्ने बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तोकेको इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्दै आएका सर्वोच्चका न्यायाधीशहरुबीच  मंगलबार फुट आएको थियो । उनीहरुबाट अलग भएका पाँचमध्ये चार न्यायाधीश मंगलबार नियमित काममा फर्किएका छन् ।

तर अरु न्यायाधीशहरुले भने पाँच जना पनि आफूहरुभन्दा अलग नभएको दाबी गरेका छन् । मंगलबार भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले न्यायाधीशहरुको समूहमा आएको फाटोबारे चासो राखेका थिए । बार उपाध्यक्ष रक्षा बस्यालले भनिन्, ‘उहाँहरुले पटकपटक भन्नुभयो, उहाँहरु हामी भन्दा बाहिर होइन ।’

उनका अनुसार छलफलमा न्यायाधीशहरुले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति चिन्ता व्यक्त गरेका छन् । ‘ग्रेसफुल एक्जिट के हुन्छ भनेर छलफल गरिरहेका छौं भनेर बताउनुभयो,’ भेटपछि बस्यालले सञ्चारकर्मीहरुलाई बताइन् ।

तर न्यायालय सुधारका लागि पहल गर्ने र विकृति विसंगति अन्त्यमा कुनै सम्झौता नगर्ने न्यायाधीशहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?