+
+

अमेरिकामा श्रमिक अभाव, ९ महिनामा २९ हजार नयाँ रोबोटलाई काममा लगाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १८:२१

३० कात्तिक, काठमाडौं । कारखानाहरुमा पर्याप्ट श्रमिक अभाव झेलिरहेका अमेरिकी कम्पनीहरुले किर्तिमानी संख्यामा रोबोटलाई काममा लगाएका छन् ।

अमेरिकी कारखाना तथा अन्य औद्योगिक प्रयोगकर्ताहरुले पछिल्लो ९ महिनामा २९ हजार रोबोट खरीदका लागि अर्डर गरेका छन्

एसोसिएसन फर एडभान्सिङका अनुसार यो संख्या गतवर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले बढी हो । २९ हजार रोबोटको मूल्य १ अर्ब ४८ करोड डलर पर्ने रिपोर्टमा उल्लेख छ ।

पछिल्लो समयमा उत्पादनमा बढोत्तरीको आवश्यकतासँगै श्रमिक अभाव झेलिरहेका अमेरिकी कम्पनीहरुले श्रमिकको अभाव पूर्ति गर्नका लागि कारखानाहरुमा स्वचालित रोबोटहरुलाई काममा लगाउने क्रम बढेको छ ।

महामारी पश्चात् पूर्ण सञ्चालनमा आएका कम्पनीहरुमा थपिएको लगानीसँगै उत्पादन बढाउनुपर्ने बाध्यताका बीच महामारीमा रोजगारी गुमाएका श्रमिकलाई पुनः आकर्षित गर्न कम्पनीहरुले नसकिरहेका बेला विकल्पको रुपमा रोबोटको प्रयोग बढेको हो ।

एसोसिएसन फर एडभान्सिङ अटोमेसनका अध्यक्ष जेफ बर्नस्टे भन्छन् ः कम्पनीहरुले आफुलाई आवश्यक पर्ने जनशक्ति पाउन सक्दैनन् । त्यसैले उनीहरु अटोमेसनमा दौडिरहेका छन् ।

यसअघि अटोमोबाइल कम्पनीहरु सबैभन्दा धेरै औद्योगिक रोबोट खरीद गर्ने क्षेत्रको रुपमा रहेकोमा सन् २०२० यता अन्य व्यवसायिक क्षेत्रमा खरीद गरिएका कुल रोबोटको संख्याले अटोमोबाइल क्षेत्रलाई पछि पारेको छ ।

सन् २०२१ को पहिलो ९ महिनामा अटोमोबाइल क्षेत्रमा रोबोटको मागमा २० प्रतिशतले बढेर १२ हजार ५४४ गोटा पुग्दा अन्य क्षेत्रमा रोबोटको मागमा ५३ प्रतिशतले वृद्धि भई १६ हजार ३५५ पुगेको रिपोर्टमा उल्लेख छ । सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?