+
+

अब ७७ वटै जिल्लामा युवा स्वरोजगार कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १०:१३

३० कात्तिक, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरिने भएको छ । मंगलबार बसेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष विस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने भएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औं बैठकले थप दुई जिल्ला (मनाङ र मुस्ताङ) मा उक्त कार्यक्रम विस्तार गर्ने निर्णय गरेको हो । कोषको अध्यक्षको हैसियतमा बोर्डको पहिलो बैठक बोलाएका मन्त्री अथकले देशभरका युवालाई स्वरोजगार बनाउने उद्धेश्यले थप दुई जिल्लामा समेत उक्त कार्यक्रम लागु गर्न निर्देशन दिएका छन् ।

नेपाल सरकारबाट विसं. २०६५ सालमा स्थापना भएको कोषले युवाहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?