
१ मंसिर, पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
गत कात्तिक २९ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले सो जानकारी दिएका हुन् ।
के भयो भने पोखरा देशको पर्यटकीय राजधानी बन्छ भन्ने मापदण्ड बनाउन र यसको इन्डिकेटर बनाउनका निम्ति प्रदेशको उद्योग पर्यटन मन्त्रालयलाई प्रदेश सरकारले जिम्मा दिएको प्रवक्ता खड्काले बताए ।
पोखरा नेपालको प्रमुख पर्यटकीय नगरीको रुपमा चर्चित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4