+
+

धनगढीको एक पसलमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १७:०८

१ मंसिर, धनगढी । धनगढीमा एक पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-३ बिशालनगरमा रहेको बिएमबी सप्लायर्समा बुधबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रतीक विष्टले बिएमबी सप्लायर्सको गोदाममा आगलागी भएको जानकारी दिए ।
उनका अनुसार दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

आगलागीबाट गोदाममा भएको सबै सामान जलेर नष्ट भएका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?