+
+

सिभिल बैंकको अध्यक्षमा पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १६:४०

१ मंसिर, काठमाडौं । सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रताप जङ्ग पाण्डे चयन भएका छन् । बुधबार बसेको सञ्चालक समितिको ३६२ औं बैठकले पाण्डेलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ सहकारी ठगी मुद्दामा पक्राउ परेपछि अर्को अध्यक्ष चयन गरिएको हो ।

सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेकोमा उनले सबै सञ्चालकहरुलाई धन्यवाद दिए ।

अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोबलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्ध बनाउने उद्घोष गरे । उनले शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्धताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?