+
+

प्रधानन्यायाधीश विना फूलकोर्ट : गोला प्रथा कार्यविधि पास

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १५:५६

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको ‘फूलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको बसेर गोलाप्रथाको कार्यविधि पास गरेको छ । त्यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरिएको छ ।

सर्वोच्च स्रोतका अनुसार यो निर्णयको प्रति मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश जबरासमक्ष पठाइनेछ । उनले निर्णयमा हस्ताक्षर गरेपछि कानुन मन्त्रालय पठाइनेछ ।

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशको बहिर्गमनपछि मात्र अदालत सञ्चालन हुन सक्ने बताए ।

उनले प्रधानन्यायाधीशलाई भने, ‘अब धेरै दिन छैन, तपाईं धेरै दिन बस्न सक्नुहुन्न । तपाईको बहिर्गमन नै तपाईको निकास हो । तपाईंको बहिर्गमनपछि मात्र अदालत सञ्चालन हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment