 
																			३ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा चर्का नारा लगाएका छन् ।
नेपाल बार एशोसिएसनको अगुवाइमा शुक्रबार सर्वोच्च परिसरमा भेला भएका कानून व्यवसायीहरुले कर्मचारीहरुलाई झ्याल खोलिदिन आग्रह गर्दै ‘हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं’ भन्दै नाराबाजी गरेका हुन् । आफूहरुको आवाज प्रधानन्यायाधीश जबराले सुनुन् भनेर उनीहरुले कर्मचारीहरुलाई झ्याल खोलिदिन आग्रह गरे ।
सर्वोच्च परिसरमा केहीबेर नाराबाजी गरेर कानून व्यवसायीहरु नेपाल बार एशोसिएसनको कार्यालयमा फर्किएर कोणसभा गर्नेछन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले १४ कात्तिकदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4