+
+

ए डिभिजन लिग : उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटोले खेले बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १९:१२

३ मंसिर, काठमाडौं। नेपालको लिग फुटबल पहिलो पटक फ्लड लाईटमा खेलाउँदा ए डिभिजनको नवप्रवेशी सातदोबाटो युथ क्ललले १० खेलाडीमा समेटिएको फ्रेण्ड्स क्लबसँग बराबरी खेलेको छ ।

शहिद स्मारक ए डिभिजन लिग २०७८ को शुक्रबार भएको उद्घाटन खेलमा सातदोबाटो र फ्रेण्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवैले १-१ अंक जोडे ।

सातदोबाटोको केही राम्रा गोलको अवसरमा फ्रेण्ड्सका भारतीय गोलकीपर राहुल रामचन्द्र यादव बाधक बनेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको खेलको ११औ मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङको क्रसमा सुशील राईले पेनाल्टी बक्सभित्र डिफेण्डर बिट भइसक्दा पनि बल राम्रोसँग कन्ट्रोल गर्न सकेनन् ।

खेलको ३३औ मिनेटमा मानबहादुरकै फ्रि किकमा आकाश बुढा मगरको हेडर पोष्ट नजिकैबाट बाहिरियो। यस्तै खेलको ५७औ मिनेटमा सातदोबाटोका आकाश बुढा मगरको पावरफुल सट गोलकिपर राहुल रामचन्द्र यादवले बचाए ।

यस्तै ५९औ मिनेटमा फ्रेण्ड्सका नाथनियल जुड गार्सियाले हानेको बलमा बारमा लागेर फर्किएको थियो । ६६औ मिनेटमा नाथनियल जुड गार्सियाले पेनाल्टी बक्स बाहिरबाट हानेको पावरफुल सट सातदोबाटोका पिटर सेगुनलाई डिफ्लेक्ट हुँदा गोलकिपर अभिषेक बरालले पन्च गर्दै बचाएका थिए ।

७३औ मिनेटमा सातदोबाटोका पासाङ लामाले हानेको बल फ्रेण्ड्सका गोलकिपर राहुलले बचाएका थिए । ७६औ मिनेटमा रोनेल एन्टोनी पउलले दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि फ्रेण्ड्स १० खेलाडीमा समेटियो । उनले ६१औ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए । त्यसपछि सातदोबाटोले फ्रेण्ड्समाथि दबाब बढाएको थियो ।

तर फ्रेण्ड्सका गोलकिपर राहुले उत्कृष्ट प्रदर्शन गर्दा सातदोबाटो गोल गर्न असफल भएको थियो। ईन्जुरी टाईममा सातदोबाटोका सुशिल राईले सिक्स यार्ड बाहिरबाट हानेको प्रहार फ्रेण्ड्सका सुरज विकले बचाएका थिए ।

पहिलो पटक फ्लडलाईटमा खेलाइएको खेलमा करीब ३ हजार दर्शक उपस्थित थिए । ए डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुनेछन् । शनिबार हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच खेल दिउँसो १ बजे सुरु हुनेछ।

यस्तै ललितपुरको डर्बीमा थ्रीस्टार र च्यासल युथ क्लबबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?