
५ मंसिर, काठमाडौं । बलिउड चलचित्र ‘थ्यांक गड’ निर्माणको घोषणा गरिएको छ । कमेडी जनरामा निर्माण हुन लागेको यो चलचित्रलाई इन्द्र कुमारले निर्देशन गर्दैछन् ।
‘थ्यांक गड’मा बलिउड अभिनेता अजय देवगण र सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा देखिँदैछन् । दुई अभिनेतालाई अभिनेत्री राकुल प्रित सिंहले साथ दिनेछिन् ।
निर्माणपक्षले चलचित्र घोषणा गर्दै प्रदर्शन मिति समेत सार्वजनिक गरेको छ । यो चलचित्र सन् २०२२ को जुलाई २९ मा रिलिज हुनेछ । चलचित्रलाई भुषण कुमार र कृष्ण कुमारले निर्माण गर्नेछन् ।
कोरोना महामारी कम हुँदै गएपछि बलिउड चलचित्रको निर्माण र प्रदर्शन धमाधम भइरहेको छ । भारतका ठूला कम्पनीहरु पनि चलचित्र निर्माणमा सक्रिय हुन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4