+
+

बैतडीमा बेहुली लिएर फर्केको जिप दुर्घटना, ५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते २१:३५

५ मंसिर, डोटी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट बेहुली लिएर वडा नम्बर ६ को सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् ।

जिपमा ७ जना सवार रहेको जानकारी आएको प्रहरी निरीक्षक खड्काले बताए । जिप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?