+
+

केही साथीहरू गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडेका छन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १०:००

६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशभित्रकै केही व्यक्तिहरू आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडिरहेको बताएका छन् । तर आफूलाई पुरस्कार नचाहिने भनिदिएको प्रचण्डले बताए ।

चितवनमा आज आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘केही देशभित्रका साथीहरूले जनयुद्ध र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउँछौं भनेर हिंडेका छन् । मैले भनेको छु अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन हिंड्नेहरूलाई धन्यवाद, मलाई अन्तर्राष्ट्रिय पुरस्कार चाहिएको छैन ।’

तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसपछि माओवादी १० वर्षे सशस्त्र जनयुद्ध त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

माओवादी अध्यक्ष प्रचण्डले आफूलाई पुरस्कार नचाहिने बताउँदै भने, ‘शान्तिप्रक्रिया सम्पूर्ण रुपले टुंगिनुपर्यो । यो देश समाजवादतिर लाग्नुपर्‍यो । त्यो ठूलो कुरा हो, पुरस्कार ठूलो कुरा होइन भनेको छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?