
६ मंसिर, काठमाडौं । अमेरिकाको विस्कनसिन राज्यमा क्रिसमस परेडमा कारको ठक्करबाट केही मानिसको हताहती भएको छ ।
आइतबार दिउँसो साढे ४ बजेतिर विस्कनसिनको वाउकेशा शहरमा क्रिसमस परेडमा एसयुभी कार जथाभावी गुडाउँदा ‘केही मानिसको’ हताहती भएको प्रहरीले जनाएको छ ।
गुडिरहेको कारले २८ भन्दा बढी मानिसलाई ठक्कर दिएको अलजजिराले जनाएको छ । यसमध्ये १२ जना बालबालिका समेत रहेका छन् । हाल घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
वाउकेशाका प्रहरी प्रमुख डान थोमसनले घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई हिरासतमा लिइएको र कार भेटिएको बताए ।
‘एउटा रातो एसयुभी कार शहरको केन्द्रमा हामीले आयोजना गरिरहेको क्रिसमस परेडमा गुडाइएको थियो’, थोमसनले भने, ‘घटनामा परी २० भन्दा बढी घाइते भएका छन् ।’ घाइतेमध्ये केही बालबालिका रहेको उनको भनाइ थियो ।
घटनामा परी ज्यान गुमाउनेको संख्या आफूलाई थाहा नभएको पनि थोमसनले बताए । ‘हाल कति जनाको ज्यान गएको छ भनेर थाहा छैन’, उनले भने ।
वाउकेशामा भएको उक्त घटना आतंकवादी हो वा होइन भनेर पुष्टि भइसकेको छैन ।
प्रतिक्रिया 4