+
+

मोहन मैनालीको किताब ‘आकाशमुखी’ को आवरण सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १२:१३

६ मंसिर, काठमाडौं। लेखक मोहन मैनालीद्वारा अनूदित निबन्धहरूको किताब ‘आकाशमुखी’ को आवरण सार्वजनिक गरिएको छ ।

दशैँको अवसरमा प्रकाशनगृह ‘बुक-हिल’ले आफ्नो ट्विटर ह्यान्डलबाट आयोजना गरेको ‘कोट एन्ड आरटी’ अन्तर्गतका उप-विजेताद्व्य ‘म्याउँ’ र ‘मस्तमौलाना’ले आवरण सार्वजनिक गरेका हुन् ।

सामाजिक संजाल ट्विटरमा चर्चित रहेका अपरिचित पाठकबाट आफ्नो पुस्तकको आवरण सार्वजनिक गराउन पाएकोमा लेखक मैनालीले खुशी प्रकट गरे । उनले भने, ‘सचेत पाठक नै लेखकभन्दा शक्तिशाली भएकाले लेखकलाई उर्जा प्रदान गर्न यस्ता कुराले मद्दत गर्छ ।’

किताबको आवरण चर्चित ग्राफिक डिजाइनर सचिन यगोल श्रेष्ठले बनाएका हुन् । मैनालीलाई मन परेका १५ थान विदेशी निबन्धहरूको अनूदित सो किताब आगामी जनवरीमा बजारमा आउनेछ ।

सो अवसरमा लेखकद्व्य कुमार नगरकोटी र मोहन मैनालीले उप-विजेताद्वयलाई उपहार हस्तान्तरण गरे ।

विजेता ‘काजीबा’ (कार्यक्रममा अनुपस्थित) र उप-विजेताद्व्यलाई करीब ४० हजार रुपैयाँ बराबरका पुस्तक प्रकाशन गृह बुक-हिलले उपहारस्वरूप प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?