+
+

जनकपुरका वडाध्यक्षहरु आन्दोलित, उपमहानगरको गेटमा लगाए ताला

जनकपुरधाम उप-महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १२:२९

६ मंसिर, जनकपुरधाम। जनकपुरधाम उप-महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका छन्।

पटक-पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइका लागि कुनै चासो नदेखाएको भन्‍दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उप महानगरपालिकाको मूल गेट तथा मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरी वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहसहितकाले तालाबन्दी गरी धर्ना दिएका हुन् ।

‘नगरमा थुप्रिदैं गएको फोहोरले दुर्गन्ध बढ्दै गएको छ ।’ वडा नम्बर ७ का अध्यक्ष साहले भने, ‘हामीले पटक-पटक मेयरसँग आग्रह गरे पनि कुनै सुनुवाइ नगरेका कारण तालाबन्दी गरेर धर्नामा बसेका हौं ।’

उनका अनुसार १२ बजेसम्म नगरपालिकाको मूलगेटमा तालाबन्दी गरी धर्ना दिने र मेयरको कार्यकक्षमा ताला यथावत रहनेछ । यसपछि आन्दोलनको अर्को कार्यक्रम सोमबारै साँझ बसेर तय गरिने उनले बताए ।

सरसफाई सम्बन्धी कुरा गर्न नगरपालिका जाँदा वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई सरसफाई कर्मचारीले दुर्व्यवहार समेत गरेको साहको भनाई छ । ‘सरसफाई कर्मचारीले वडाअध्यक्षसँग दुर्व्यवहार गरेको भिडियो हामीसँग छ’ उनले भने, ‘सरसफाई नगर्ने र उल्टै हामीसँग दुर्व्यवहार गर्नु कहाँको न्याय हो ?’

वडाअध्यक्षहरुले यसअघि पनि फोहोर नउठाएको भन्दै मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?