
६ मंसिर, काठमाडौं । पाठशाला नेपाल फाउण्डेशनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।
कक्षा ११ र १२ को नयाँ शैक्षिक कार्यक्रम ‘शुभारम्भ’ गर्ने अवसरमा संस्थाले पुनको आविष्कार केन्द्रलाई सहयोग गरेको हो ।
१६ वर्षअगाडि स्थापना भएको पाठशाला नेपालले कक्षा एकदेखि दशसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
सहयोग ग्रहणपछि बोल्दै महावीर पुनले पाठशालामा आउने विद्यार्थीहरूलाई शुभकामना दिँदै कोरा ज्ञानभन्दा सृजनशीलतालाई प्राथमिकतामा राख्न सुझाव दिए ।
संस्थाका प्रबन्ध निर्देशक टंक आचार्यले भने विद्यार्थीलाई सभ्य बनाउने तथा मानवहीतका लागि काम गर्न योग्य बनाउनेतर्फ पाठशाला नेपालले सधैं जोड दिएको बताए ।
सोही अनुसार अब भर्ना हुने विद्यार्थीलाई पनि नेपाली मौलिकता र संस्कारसहितको शिक्षा दिइने उनले बताए ।
‘शुभारम्भ’ कार्यक्रम सोल्टी होटलमा आयोजना गरिएको थियो ।
प्रतिक्रिया 4