+
+

पदमा पुनर्बहाली भएका सुडानी प्रधानमन्त्री भन्छन् : योग्य व्यक्तिलाई समेटेर सरकार बनाउँछु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १८:०८

६ मंसिर, काठमाडौं। सुडानको प्रधानमन्त्रीमा पुनर्बहाली भएका अब्दुल्ला हामदोकले योग्य व्यक्ति सम्मिलित सरकार गठन गर्ने वाचा गरेका छन् ।

सेनाको सत्तापलटपछि अपदस्थ गरिएका तर पदमा भर्खरै पुनर्बहाली भएका हामदोकले विषयगत योग्यता भएका व्यक्तिलाई सामेल गराएर ‘टेक्नोक्रेटिक सरकार’ गठन गर्ने बताएका हुन् । नयाँ सरकारले आफ्नो मुलुकलाई लोकतान्त्रिक मार्गतर्फ अग्रसर गराउने समेत उनको भनाइ थियो ।

त्यस्तै गठन हुन लागेको नयाँ सरकारले २०२३ सम्ममा निर्वाचन गरी लोकतन्त्रतर्फको संक्रमण अन्त्य गर्ने समेत हामदोकले बताए ।

अलजजिरासँग कुरा गर्दै चुनावका लागि कम्तिमा १ वर्ष चाहिने र थप ६ महीना लम्बिन सक्ने भन्दै उनले भने, ‘चुनावका लागि कम्तिमा १ वर्ष लाग्ने कुरा हामी सबैलाई थाहा छ र डेढ वर्ष समेत लाग्न सक्छ।’

यही अक्टोबर २५ गते जनरल अब्देल फताह अल बुर्हानको नेतृत्वमा सेनाले गरेको ‘कू’पछि हामदोकलाई केही समय नजरबन्दमा राखिएको थियो । अन्तर्राष्ट्रिय दबाब बढ्दै गएपछि सेनाले उनलाई रिहा गरेको थियो ।

आइतबार भएको एक राजनीतिक सहमतिपछि उनलाई पुन: पदमा बहाली भएका छन् । हामदोक र सेनाबीच भएको १४ बुँदे सहमतिमा ‘कू’पछि बन्दी बनाइएका सबै राजनीतिक बन्दीलाई रिहा गर्ने विषय समेत उल्लेख छ ।

सुडानमा ‘कू’ गरेपछि सेनाको आलोचना भएको थियो । ‘कू’लगत्तै लोकतन्त्र पुनर्स्थापना हुनुपर्ने भन्दै मानिसहरू सडकमा उत्रिएका थिए । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा परी हालसम्म कम्तिमा ४१ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?