+
+

बेलायतमा गाईको गोबरबाट बिजुली उत्पादन, एउटा गाईको गोबरले ३ घर झलमल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते ९:४६

गाईको गोबरको प्रयोगका बारेमा त हामीलाई थाहै होला । गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ । हिन्दु धर्मशास्त्रमा त गाईको गहुँत र गोबरलाई पवित्र मानेर लिपपोतमा प्रयोग देखि पञ्चगव्यमा सेवन समेत गरिन्छ ।

हालै एकजना भारतीय डाक्टरले विभिन्न रोग निको पार्ने भन्दै गाईको गोबर खाएको समाचार सार्वजनिक भएको थियो । यी सबैका अलावा गाईको गोबरलाई अर्को निकै महत्वपूर्ण कार्यमा उपयोग गर्न सकिने पुष्टि भएको छ ।

हो, बेलायतका किसानहरूले गाईको गोबरबाट बिजुली उत्पादन गरेका छन् । किसानहरूको एक समूहले गाईको गोबरबाट यस्तो पाउडर तयार पारेका छन्, जसबाट ब्याट्री उत्पादन गरिएको छ ।

उनीहरुले एक किलोग्राम गोबरबाट यतिधेरै बिजुली उत्पादन गर्न सफल भएका छन् जसले लगातार पाँच घण्टासम्म भ्याकुम क्लिनर चलाउन सकिन्छ ।

बेलायतको आर्ला डेरीले यो चमत्कार गरेको हो । किसानको स्वामित्वको उक्त डेरीले गोबरको पाउडर बनाएर त्यसको ब्याट्री तयार गरेको हो । त्यो ब्याट्रीलाई काउ प्याट्री नाम राखिएको छ । AA आकारको गोबरको ब्याट्रीबाट साढे तीन घण्टासम्म लगातार कपडामा आइरन लगाउन पुग्दछ ।

ब्याट्री उत्पादक कम्पनी GP Batteries को दाबी अनुसार एउटा गाईको गोबरबाट वर्षभरीलाई ३ घरमा पर्याप्त बिजुली पुग्दछ । यस हिसाबले ४ लाख ६० हजार गाईको गोबरबाट १२ लाख घरमा बिजुली आपूर्ति ग्र्न सकिन्छ ।

अर्ला डेरीमा अधिकांस कार्यका लागि गोबरबाट उत्पादित बिजुलीको प्रयोग गर्न थालिएको छ । त्यस्तै बिजुली उत्पादन बाहेको फोहोरलाई मलखादको रुपमा प्रयोग गरिन्छ । रिपोर्ट अनुसार उक्त डेरीको स्वामित्वमा करीब ४ लाख ६० हजार गाई छन् । जसको गोबरलाई सुकाएर पाउडर तयार गरिन्छ र त्यसबाट ऊर्जा उत्पादन गरिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?