+
+

भारतले सीमाभित्रै पसेर कारबाहीको धम्की दिएपछि पाकिस्तानले भन्यो– अविवेकी अभिव्यक्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १२:४५
Photo Credit : AN

६ मंसिर, काठमाडौं । पाकिस्तानको विदेशमन्त्रालयले भारतीय रक्षामन्त्रीको एक अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिएको छ ।

पाकिस्तानी विदेशमन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले शनिबार दिएको एक अभिव्यक्ति ‘गैर-जिम्मेवारीपूर्ण, उक्साउने खालको र अविवेकी’ भएको प्रतिक्रिया दिएको हो ।

भारत सरकारले आफ्ना छिमेकी माथि ‌औंला उठाउँदै आएको र ‘भ्रम र दिवा सपनामा’ डुबिरहेको समेत विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

‘एकातिर उनको अभिव्यक्ति भ्रमपूर्ण छ भने अर्कोतर्फ यसले आफ्ना छिमेकीप्रति भारतको बैमनस्यता झल्काउँछ’, पाकिस्तानी विदेशमन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

शनिबार रक्षामन्त्री सिंहले भारतसामु समस्या खडा गरेमा पाकिस्तानभित्रै पसेर सैनिक कारबाही गरिने चेतावनी दिएका थिए ।

‘हामीले उनीहरूलाई प्रस्ट सन्देश दिएका छौं कि यदि उनीहरूले धेरै समस्या सिर्जना गरे भने सीमानामा मात्रै होइन, सीमाभित्रै पसेर सर्जिकल स्ट्राइक गर्ने र आवश्यक परेको खण्डमा हवाइ हमला समेत गर्ने छौं’, पिथौरागढमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै सिंहले भनेका थिए ।

भारत र पाकिस्तान आणविक हतियारसम्पन्न मुलुक हुन् । दुबै मुलुकले सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि ३ पटक ठूलो युद्ध लडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?