+
+

पाइलटको ‘ड्युटी आवर’ सकिएको भन्दै सल्ले जानुपर्ने विमान नेपालगञ्जमै अवतरण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १२:३९

७ मंसिर, काठमाडौं । काठमाडौंबाट रुकुमको सल्ले विमानस्थलमा उडेको नेपाल एयरलाइन्स (नेवानि) को टि्वनअर्टर जहाज आइतबार साँझ नेपालगञ्जमै अवतरण भयो ।

विमानमा कुनै खराबीले अवतरणको समस्या भएर भने यो विमान नेपालगञ्जमा अवतरण गरिएको होइन । विमान चलाइरहेका पाइलटको ड्युटी आवर सकिएका कारण सल्ले पुग्नुपर्ने विमान नेपालगञ्जमै अवतरण गरिएको हो ।

नेवानिका एक अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनेर निश्चित समयावधि तोकेको छ । त्यही कारण सल्ले उडेको जहाजले नेपालगञ्जमा अवतरण गर्नु परेको ती अधिकारीले दाबी गरे ।

नेपाल एयरलाइन्सका अनुसार सोमबार विहान यात्रुहरुलाई त्यही विमानले सल्ले पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?