हिरासतमा हुने मृत्युको निष्पक्ष छानबिन हुनुपर्छ : एम्नेस्टी इन्टरनेसनल नेपाल


७ मंसिर, काठमाडौं । एम्नेस्टी इन्टरनेसनल नेपालले प्रहरी हिरासतमा हुने मृत्युको स्वतन्त्र छानबिन गर्न माग गरेको छ । हिरासतमा यातना दिने र दुर्व्यवहार हुने गरेको भन्दै एम्नेस्टीले अनुसन्धान गरी दोषीलाई कानूनी कारबाही गर्न माग गरेको हो ।
गत तीन महीनामामात्रै हिरासतमा कम्तिमा ६ जनाको मृत्यु भइसकेको उल्लेख गर्दै एम्नेस्टीले यस्ता घटनाको तत्काल निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी पीडित परिवारलाई प्रभावकारी कानूनी उपचारको सुनिश्चित गर्नुपर्ने बताएको ।
“प्रहरी हिरासतमा मृत्युको घटनाहरू बढिरहेको देखिनु अत्यन्तै चिन्ताजनक विषय हो। राज्यको संरक्षणमा कसैको पनि मृत्यु हुनु हुँदैन। पक्राउ गरेपछि त्यसरी पक्राउ गरिएकाहरूको जीवन रक्षा गर्नु राज्यको दायित्व हो,” एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने।
यसैबीच, एम्नेस्टीले यसरी हिरासतमा हुने घटना रोक्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र लेख्ने अभियान पनि सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4