
७ मंसिर, डोटी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत डोटी जिल्ला सभापति पदका लागि पाँच जना प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार जिल्लाको नेतृत्व गर्न वर्तमान सभापति प्रदीप देउवासहित टेकराज ओझा, नरवहादुर ढाँट पाल, नरेन्द्रवहादुर सिंह र भूमिराज बडु प्रतिस्पर्धामा छन् ।
यस्तै उपसभापतिका लागि चार जनाले उम्मेदवारी दिएका छन् । वर्तमान सचिव नारायण जोशी, पदम रावत, बमबहादुर कठायत र बाजीसिंह खड्का (विजय) उपसभापतिमा प्रतिस्पर्धा गर्दैछन् ।
सचिवमा ओमप्रकाश पाठक, कुवेरबहादुर खड्का, गणेशबहादुर खड्का, नरबहादुर खड्का र नारायणबहादुर बलायरबीच प्रतिस्पर्धा हुने भएको छ । सहसचिवमा कृष्णबहादुर बम, गोकर्णबहादुर मलासी, छत्रबहादुर कठायत, डम्मर बम र शेरबहादुर बोगटीबीच प्रतिस्पर्धा हुने छ ।
२५ महाधिवेशन प्रतिनिधिका लागि ५३ जनाको उम्मेदवारी
डोटी जिल्लाबाट खुला र समावेशी गरी २५ जना महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि सोमबार निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले सोमबार अबेर उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।
उम्मेदवारको अन्तिम नामावलीमा खुला र समावेशीतर्फ गरी ५३ जना रहेका छन् । उम्मेदवारको नामावली अनुसार खुलातर्फ पुरुषतर्फ सुदूरपश्चिम प्रदेश सभा सदस्य भरतबहादुर खड्का र व्यवस्थापिका संसदका पूर्वसदस्य यज्ञराज जोशीको नाम पनि छ ।
यस्तै शिखर नगरपालिकाका प्रमुख सिताराम जोशी, बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्द र केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही पनि खुला कोटाबाट महाधिवेशन प्रतिनिधिका लागि भिड्दैछन् ।
खुला पुरुषतर्फ १० जना प्रतिनिधि छान्नु पर्नेमा २२ जनाको उम्मेदवारी परेको छ । अन्य उम्मेदवारहरुमा अर्जुनबहादुर खड्का, चक्र अग्रवाल, जितबहादुर खड्का दीपकबहादुर विष्ट, दीपकबहादुर शाही, डबलबहादुर बोहरा, डिलबहादुर बम, नवराज ओझा, पदमराज जोशी, पुष्पकुमार शाही, बिरबहादुर जेठारा, लक्ष्मण बहादुर खड्का, रामप्रसाद उपाध्याय, रामबहादुर रोकाया, लक्ष्मीराज पाठक, सुशील घर्ती र हर्कबहादुर देउवा रहेका छन् ।
यस्तै खुला महिलातर्फ शिखर नगरपालिकाका उपप्रमुख धौलीदेवी रावलसँगै कमलादेवी बोहरा, गोविन्दादेवी खडायत, दुर्गादेवी शर्मा, पारवती चन्द, प्रशिस महरा, विष्नादेवी बम, मायादेवी कुँवर, रश्मी खडायत (कुँवर) र लक्ष्मीदेवी श्रेष्ठ गरी १० जनाको उम्मेदवारी परेको छ । खुला महिलातर्फ चार जना प्रतिनिधि छानिनेछन् ।
खस आर्य कोटामा महिलातर्फ केआई सिंह गाउँपालिका उपाध्यक्ष मिनादेवी विष्टसँगै कुश्मा धामी, टंक कुमारी खड्का बोगटी, प्रतिमा शाही र हरिमाया भट्टको उम्मेदवारी परेको छ । खस आर्यतर्फ महिला कोटामा तीन जना छान्नु पर्नेछ ।
खसआर्य कोटामा पुरुषतर्फ पूर्वमन्त्री भक्तबहादुर बलायर, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मिनबहादुर बम, नन्दसिंह धामी, विजयराज ओझा, लक्ष्मणबहादुर सिंह, ललितबहादुर बलायर, सोपानसिंह बोहरा र हिक्मतसिंह चोपडाबीच प्रतिस्पर्धा हुँदैछ । यस कोटाबाट चार जना प्रतिनिधि छानिने छन् ।
दलित कोटामा दुई जनाका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । कुँमारसिंह टेलर, धनबहादुर सार्की र लालवहादुर विक भिड्ने भएका छन् । यस्तै दलित महिलातर्फ संबिधानसभा सदस्य कल्पना सोव र स्मृति चुनाराबीच प्रतिस्पर्धा हुँदैछ । दलित महिला प्रतिनिधि एक जना छानिनेछन् ।
अपाङ्ग कोटाबाट एक जना प्रतिनिधि चयनका लागि मुक्तीनाथ शर्मा, रामचन्द्र राणा र लालबहादुर कलेलबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया 4