+
+

प्रियंकाले इन्स्टाग्राममा पतिको थर हटाएपछि चल्यो डिभोर्सको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १३:२४
फाइल तस्वीर

७ मंसिर, काठमाडौं । बलिउड नायिका प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम एकाउन्टको बायोबाट पति निकको थर जोनस हटाएकी छन् । विवाहपछि प्रियंकाले आफ्नो एकाउन्टमा प्रियंका चोपडा जोनस राख्दै आएकी थिइन् ।

अब प्रियंकाको नाममा चोपडा मात्र जोडिएको छ । यसअघि पनि कैयौं अभिनेत्रीहरुले आफ्नो सामाजिक सञ्जालमा श्रीमानको थर हटाएर डिभोर्स गरेका छन् । योसँगै प्रियंकाले पनि पति निकसँग डिभोर्स गर्न लागेको चर्चा शुरु भएको थियो ।

प्रियंकाले दिइन् जवाफ

इन्टाग्राममा निकको थर हटाएपछि डिभोर्सको चर्चा हुन थालेपछि प्रियंकाले आलोचकलाई जवाफ दिएकी छन् । निकले व्यायाम गर्दै गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । जसमा प्रतिक्रिया दिँदै प्रियंकाले लेखेकी छन्, ‘म तिम्रो अंगालोमा मर्न चाहन्छु ।’

प्रियंकाले डिभोर्सको हल्ला चलेपछि निकलाई निक्कै प्रेम गर्ने गरेको जवाफ दिन खोजेकी छन् । डिभोर्सको चर्चा शुरु भएपछि प्रियंकाकी आमाले पनि यसलाई गलत बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment