+
+

नेपाल बारले ९ गते सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १४:१५

७ मंसिर, काठमाडौं। नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले बिहीबार ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो।

धर्नामा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरु समेत संलग्न रहने जानकारी दिए । उनले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको स्पष्ट पारे । अध्यक्ष श्रेष्ठले बुधबार (भोलि) देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गर्ने पनि बताए ।

अध्यक्ष श्रेष्ठले भने, ‘बालुवाटारकै सेरोफेरोको कारणले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा अहिलेसम्म लुकेर मुसाको दुलोमा पसेजस्तो आइराख्नु भएको छ। त्यो हटाउनको लागि अभियान सञ्चालन गर्न जनताको तर्फबाट सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च गर्ने प्रस्ताव आइरहेको छ। ९ गते २ बजे र १० देखि १२ गतेसम्म हाम्रो कार्यक्रम निरन्तर रहन्छ।’

यस्तै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले अदालत परिसर भित्र न्यायपरिषद्माथि लाठी प्रहार गर्नु न्यायपालिकाको न्याय मर्नु रहेको बताए । उनले एउटा वकीलले आफ्नो अभिव्यक्ति र विचार राख्न पाउने स्वतन्त्र अधिकार रहेको बताउँदै सुरक्षाको नाममा लाठी प्रहार गर्नु न्याय मार्नु सरह भएको बताए ।

‘सुरक्षाको नाममा अदालत परिसर भित्र न्यायपरिषद्माथि लाठी प्रहार गरिन्छ भने त्यो न्यायमाथिको न्याय मार्नु हो, न्याय अन्त्य हुनु हो । त्यसकारण अब आइन्दा यो परिसर भित्र कुनै पनि हालतमा गृह प्रशासनले एउटा पनि प्रहरी हस्तक्षेप गर्नु हुँदैन।’ उनले भने, ‘एउटा वकीललाई उसको अभिव्यक्ति विचारलाई रोक्न प्रयास गरिन्छ भने त्यो न्यायमाथिको बन्देज हुन्छ, न्याय मर्ने हुन्छ ।’

वरिष्ठ अधिवक्ता ज्ञवालीले नेपाल बारलाई बिहीवारबाट कालोपट्टी बाँधेर एक घण्टा नबोली धर्ना दिने कार्यक्रम राख्न आग्रह गरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?