+
+

अब खोप कार्ड देखाएर नेपाल–भारत आउजाउ गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १४:४१

७ मंसिर, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरु अब सहज रुपमा नेपाल र भारत आवत-जावत गर्न पाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलका अनुसार दुवै देशका नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर दुवै देशमा निर्वाध रुपमा आउजाउ गर्न पाउनेछन् ।

यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?