+
+

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १७:१५

७ मंसिर, काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवा (ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन (जीएसएम)मा अनुमतिविनै ‘९७४’ रेन्जको नम्बर प्रयोग गरेको खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति नै नलिएको नम्बरको रेन्जमा प्रयोग नगर्न निर्देशन दिएको छ ।

९८ को रेन्ज ‘अकुपाइ’ भएपछि टेलिकमले ९७ कै रेन्जमा जीएसएम नम्बर दिन थालेको थियो । तर, अनुमति नलिई ‘९७४’ रेन्जको नम्बर प्रयोग गरेको भन्दै प्राधिकरणले अब यस्तो नगर्न निर्देशन दिएको हो ।

‘अनुमति विना नै कुनै पनि नम्बर रेन्ज प्रयोग नगर्न सचेत गराएका हौं,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अनलाइनखबरसँग भने ।

टेलिकमले गत वर्षसम्म ९७ को रेन्जमा कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) मा मात्रै प्रयोग गरिरहेको थियो । सीडीएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिमकले गत साउनदेखि सीडीएमएबाट जीएसएममा रुपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ । अहिले जीएसएमको नयाँ सिम पनि ९७ कै रेन्जमा राखेर वितरण भइरहेको छ ।

नम्बरिङ प्लानअनुसार अहिले ९७६ र ९७४ मा आधारित भएर जीएसएम नम्बर वितरण गरिरहेको छ । टेलिकमले यसअघि ९८४, ९८५, ९८६ गरी तीन रेन्जमा जीएसएम नम्बर वितरण गरिरहेको थियो ।

अहिले नेपामा करिब ३ लाख २० जार सीडीएमए प्रयोगकर्ता छन् । अब उनीहरुलाई जीएसएममा लैजाने र नयाँ प्रयोगकर्तालाई पनि नयाँ रेन्जबाट नम्बर वितरण गर्ने योजना टेलिकमको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?