
काठमाडौं । सानिमा बैंकले कल्पना लामा तामाङलाई बिमा रकम हस्तान्तरण गरेको छ ।
दुर्घटनामा परी मृत्यु भएका राजु लामा तामाङकी श्रीमती कल्पनालाई बिमा बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको बैंकले जनाएको छ । कल्पनालाई सानिमा दीर्घायु बचत खाता अन्तर्गत उक्त बिमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंकमणि बराल र बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजी ढकालले कल्पनालाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए । दुर्घटनामा परी मृत्यु भएका राजुले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजारसम्मको स्वास्थ बिमा १० हजार बराबरको ओपीडी सेवा र ५ हजार रुपैयाँसम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4