+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सानिमा बैंकद्वारा बिमा रकम हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १९:५६

काठमाडौं । सानिमा बैंकले कल्पना लामा तामाङलाई बिमा रकम हस्तान्तरण गरेको छ ।

दुर्घटनामा परी मृत्यु भएका राजु लामा तामाङकी श्रीमती कल्पनालाई बिमा बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको बैंकले जनाएको छ । कल्पनालाई सानिमा दीर्घायु बचत खाता अन्तर्गत उक्त बिमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंकमणि बराल र बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजी ढकालले कल्पनालाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए । दुर्घटनामा परी मृत्यु भएका राजुले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजारसम्मको स्वास्थ बिमा १० हजार बराबरको ओपीडी सेवा र ५ हजार रुपैयाँसम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?