+
+

गोरखामा आलु जोन कार्यक्रम लागू

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १२:१०

८ मंसिर, गोरखा । जिल्लामा ‘आलु जोन’ कार्यक्रम लागू भएको छ । ५०६ हेक्टर क्षेत्रफल समेटेर चालु आर्थिक वर्षदेखि जोन कार्यक्रम लागू गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोरखा कार्यान्वयन इकाइले जनाएको छ ।

धार्चे गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ७ (उहिया, लाप्राक, गुम्दा, लापुलगायतका क्षेत्र) र बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ७ -बारपाक, सौरपानी, पाँचखुवा देउरालीलगायतका क्षेत्र) जोन कार्यक्रममा समेटिएका छन् ।

त्यस्तै भीमसेन थापा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ७ र ८ -मसेल, धावा, घाटवेशीलगायतका क्षेत्र) लाई पनि जोन कार्यक्रममा समेटिएको कार्यालयका सूचना अधिकारी रवीन्द्र पौडेलले बताए ।

‘आलु जोनमा सूचिकृत हुनका लागी भन्दै हामीले गत साउन १९ गते एक महिनाको सूचना निकालेर आवेदन माग गरेका थियौं’ उनले भने, ‘३१ वटा कृषक समूह, सहकारी र  फर्मको आवेदन परेर सूचीकृतसमेत भइसकेका छन् ।’

जोन कार्यक्रम अन्तरगत यस वर्ष सिंचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्हार, कृषि यान्त्रिकरण सहयोग, खायन आलुको जातीय उत्पादन र प्रदर्शन र ५० प्रतिशत अनुदानमा उन्नत बिउ वितरण गरिने कार्यालय प्रमुख पूर्ण ढुंगानाले बताइन् । ‘कृषि यान्त्रिकरण अन्तरगत ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर, विषादी छर्ने स्प्रेअर, तौल गर्ने मेसिन, क्रेट, हाँगा काट्ने सिकेचर लगायतका उपकरण सहयोग गर्छाैं’ उनले भनिन् ।

जिल्लामा हाल एमएस-४२, जनकदेव, कार्डिनल, खुमल, टिपिएस लगायतका जातका आलु खेति हुदै आएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?