+
+

एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १३:२८

८ मंसिर, जनकपुरधाम। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दाबी गरेका छन् ।

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सात प्रदेशमध्ये २ वटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताए । प्रदेश २ मा पनि एमाले भन्दा आफ्नो पार्टी ठूलो रहेको उनले बताए ।

नेपालले सूर्यमा ग्रहण लागिसकेको बताउदै कलम चल्न थालेको बताए । केपी ओलीको हठका कारण एमालेको यो दशा भएको भन्दै उनले आगामी निर्वाचनमा यो पार्टी चोइटिएर जाने बताए ।

अध्यक्ष नेपालले बुधबारै जनकपुरधाममा पार्टीको धनुषा जिल्ला पार्टी कार्यालय उद्घाटन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?