+
+

एक अमेरिकी सीईओको व्यङ्ग्य : चिनियाँ कम्युनिष्ट पार्टीभन्दा हाम्रो बैंक धेरै टिक्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १५:३१

८ मंसिर, काठमाडौं । अमेरिकी बैंक जेपी मोर्गन चेस एण्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेपी डाइमनले चिनियाँ कम्युनिष्ट पार्टीमाथि व्यङ्ग्य गरेका छन् ।

चीनमा कारोबार गर्ने बैंकको प्रतिबद्धता दोहोर्‍याउने क्रममा जेपी मोर्गन बैंकका सीईओ डाइमनले चिनियाँ कम्युनिष्टबारे ठट्यौली पारामा टिप्पणी गरेका हुन् ।

‘केही समयअघि चिनियाँ कम्युनिष्ट पार्टीले शतवार्षिकी मनाइरहेको भनेर ठट्टा गरेको थिएँ’, मंगलबार डाइमनले भने, ‘हामीले पनि शतवार्षिकी मनाइरहेका छौं र हामी धेरै टिक्ने छौं ।’

बोस्टन कलेजले सीईओसँग लिने अन्तर्वार्ताका क्रममा उनले थपे, ‘यो कुरा चीनमा गएर भनेको होइन तर संभवत: उनीहरूले सुनिरहेका होलान् ।’

जेपी मोर्गन चेस एण्ड कम्पनी बहुराष्ट्रिय लगानी बैंक हो । बैंकले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको वर्ष अर्थात् सन् १९२१ देखि नै चीनमा कारोबार गर्दै आएको छ । बेइजिङ, शाङ्घाई र शेनजेङसहित कैयौं चिनियाँ शहरमा बैंकका शाखा छन् ।

अमेरिकाकै ठूलो बैंकको रुपमा रहेको जेपी मोर्गन बजार पूँजीकरणको हिसाबले विश्वकै ठूलो र कुल सम्पत्तिको हिसाबले विश्वको पाँचौ ठूलो बैंक हो । बैंकसँग झण्डै ३.६८४ ट्रिलियन डलर बराबरको सम्पत्ती छ । अलजजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?