
८ मंसिर, काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते २’ बिहीबारदेखि विश्वभर प्रदर्शन हुँदैछ । यो चलचित्रलाई नेपालमा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ । चलचित्रको नेपाल अधिकार पाएको ‘ए एट फिल्मस्’ले यो चलचित्र नोभेम्बर २५ बाट नेपालमा रिलिज गर्ने तयारी गरेको छ ।
रिलिजको पूर्वसन्ध्यामा अभिनेता जोन अब्राहमले नेपाली दर्शकलाई ‘सत्यमेव जयते २’ हेर्न अनुरोध गरेका छन् । जोनले नेपालीहरुलाई सम्बोधन गर्दै वितरकलाई पठाएको भिडियोमा भनेका छन्, ‘नमस्ते नेपाल, सबैैलाई लामो समयपछि फेरि पनि सिनेमा हलमा स्वागत छ । कृपया, भोलिदेखि हलमा गएर सत्यमेव जयते हेर्नुहोला । फिल्मबाट मनोरञ्जन लिनुहोला, सत्यमेव जयते २ बाट मनोरञ्जन लिनुहोला । नमस्ते ।’
यो चलचित्रलाई पनि नेपालमा महंगो रकममा भित्र्याइएको वितरक कम्पनीले जनाएको छ । यो चलचित्रमा जोनको तिन अवतार दर्शकले हेर्न पाउनेछन् ।
‘ए एट फिल्मस्’ले शुक्रबार रिलिज हुन लागेको सलमान खान अभिनित चलचित्र ‘अन्तिम’लाई पनि नेपालमा वितरण गर्दैछ ।
प्रतिक्रिया 4