+
+

कांग्रेसको रोल्पा सभापतिमा किशोर आचार्य विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १५:४२

८ मंसिर, रोल्पा । नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी भएका छन् । आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

आचार्यले ५०२ मत प्राप्त गर्दा खत्रीले ४४० मत पाएका पाएका थिए । कार्यसमितिको अन्य पदाधिकारीमा पनि आचार्यको प्यानल विजयी भएको छ ।

कार्यसमितिको उपसभापितमा कविता उपाध्यायले ४७५ र हरिबहादुर पुनले ५०३ मत प्राप्त गरी विजयी भएका छन्। उपसभापतिको प्रतिस्पर्धी अमृत घर्तीले ४३० र लेखमणि डाँगीले ४४२ मत प्राप्त गरेका थिए ।

यसैगरी सचिवमा तिलबहादुर बुढाथोकी ५१३ र शेरबहादुर थापाले ४४५ मत प्राप्त गरी विजयी भएका छन्। सचिवका प्रतिस्पर्धी दीपक श्रेष्ठ ४०८ र रेगबहादुर पुनले ३९७ मत प्राप्त गरेका थिए ।

यस्तै सह-सचिवमा गंजबहादुर क्षेत्री ५५३ र सुनिलकुमार वली ४७२ मत प्राप्त गरी विजयी भएका छन् भने सहसचिवका प्रतिस्पर्धी लीलाधर आचार्य २६६ र हुकुम बुढाले ३८१ मत प्राप्त गरे ।

कूल एक हजार ९३ मतदाता रहेको रोल्पा कांग्रेसको निर्वाचनमा एक हजार ४२ मत खसेको निर्वाचन अधिकृत सूर्यबहादुर वलीले जानकारी दिनुभयो ।

निर्वाचनमा मानबहादुर खत्री र किशोरकुमार आचार्यले सभापतिमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?