+
+
Shares

यु-१४ र्‍याङकिङ टेनिस प्रतियोगिता : प्रशंसा र सुनिरालाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते २०:१४

८ मंसिर, काठमाडौं । नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले काठमाडौं-एसियन यु-१४ र्‍याङकिङ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट-२ को गर्ल्स डबल्समा बुधबार स्वर्ण जितेका छन् ।

सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रशंसा र सुनिराको जोडी सर्किट-१ को पनि विजेता हुन् ।

उक्त स्पर्धाको ब्वाइजमा नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडी च्याम्पियन बने । सक्षम र दर्शिलको जोडीले नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा हराए ।

सक्षमले पनि सर्किट– १ को डबल्समा स्वर्ण जितेका थिए । त्यसबेला सक्षमले नेपालका आयुशमान हजुर घलेसंग मिलेर खेलेका थिए ।

ब्वाइज सिंगल्समा नेपालका सक्षमविक्रम शाहले पाकिस्तानका अमिर मुहम्मद खान मजारीलाई ६–३ र ६–१ तथा नेपालका दर्शिल श्रेष्ठले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–१ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा पुगे ।

सिंगल स्पर्धाको गर्ल्समा नेपालकी सुनिरा थापाले नेपालकी आध्या पौडेललाई ६–३ र ७–५ तथा नेपालकी प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–१ र ६–० को सीधा सेटमा पन्छ्याउदै फाइनल भिडन्त पक्का गरे । सिंगल्स फाइनल बिहीबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?