
गायक स्वर्गीय जगतमर्दन थापाका नाती आयुष्मान बिष्टले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । ‘पोखरेली नानी’ बोलको गीतमा बसन्त सापकोटाको संगीत, कुशल कुमार खनालको शब्द छ । यो गीतको भिडियोमा युवायुवतीविच हुने आकर्षण र प्रेमको कथालाई प्रस्तुत गरिएको छ ।
यो गीतको भिडियोमा कुन्साङ बोम्जन, विना राउत, दिक्षा खनाल र गायक बिष्टले अभिनय गरेका छन् । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् ।
विकास दाहालको सम्पादन रहेको भिडियोमा अनुप चापागाँइको निर्देशन छ । पुष्पाञ्जली थापा बिष्ट भिडियोको निर्मात्री हुन् । सांगीतिक क्षेत्रमा उदाउँदै गरेका गायक बिष्टले ‘मेरो कलिलो मन’ बोलको गीतबाट संगीतको यात्रा सुरु गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4