+
+

अमेरिकासँग ताइवान मुद्दामा कुनै सम्झौता हुँदैन : चीन

चीनले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको छ । बिहीबार चिनियाँ रक्षामन्त्रालयले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १५:४०

९ मंसिर, काठमाडौं। चीनले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको छ । बिहीबार चिनियाँ रक्षामन्त्रालयले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको हो ।

यस विषयमा अमेरिकाले कुनै भ्रम पाल्न नहुने समेत मन्त्रालयले बताएको छ । चीनले अमेरिकामाथि पछिल्लो समय विभिन्न विषय उक्साइरहेको आरोप पनि लगाएको छ ।

‘विशेष गरी ताइवानको मुद्दामा चीनले सम्झौता गर्दैन र अमेरिकाले यसबारे कुनै भ्रम पाल्नु हुँदैन’, चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु छिङले भने । अन्य विषयमा भने अमेरिकासँग वार्ता तथा सहकार्य गर्न चीन तयार रहेको उनको भनाइ थियो ।

‘तर अमेरिकी पक्षले कैयौं गैर जिम्मेवारीपूर्ण कुरा भनिरहेको र नजिकै आएर युद्धपोत एवं विमानमार्फत् निगरानी गर्दै ताइवान तथा दक्षिण चिनियाँ सागरमा उक्साहटपूर्ण व्यवहार देखाएको छ’, छिङले थपे ।

यसै महिना अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भर्चुअल बैठकमा समेत ताइवानलाई लिएर मतभेद देखिएको थियो । सीले भर्चुअल बैठकमा ताइवानको स्वतन्त्रता चाहने र अमेरिकामा उनीहरूलाई समर्थन गर्नेहरू आगोसँग खेलिरहेको बताएका थिए।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको एक भू-भाग ठान्छ । पछिल्लो समय ताइवानको आकाशमा जंगी जहाज उडाएर दबाब समेत दिँदै आएको छ । तर ताइवानका नेताहरूले भने आफ्नो भूमि रक्षा गर्न तयार रहेको र चीनको सामना गर्ने भनिरहेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?