+
+

डिज्ने प्लसले २ सय करोडमा किन्यो अक्षय कुमारको ‘अतरंगी रे’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १७:२५

९ मंसिर, काठमाडौं । सिनेमा हलमा चलचित्र ‘सूर्यवंशी’ले धमाकेदार व्यापार गरेपछि ओटीटी प्लेटफर्ममा पनि बलिउड अभिनेता अक्षय कुमार खेलाडी साबित भएका छन् ।

डिसेम्बर ४ मा ओटीटीमा प्रसारण हुने ‘सूर्यवंशी’लाई नेटफ्लिक्सले एक सय करोड भारुमा खरिद गरेकोमा अक्षय कुमारको नयाँ ‘अतरंगी रे’लाई अर्को ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारले अझै महँगो रकमा खरिद गरेको छ ।

डिसेम्बर २४ मा रिलिज हुने यो चलचित्रलाई डिज्ने प्लसले २ सय करोड भारुमा खरिद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । योसँगै ‘अतरंगी रे’ ओटीटी प्लेटफर्ममा सर्वाधिक महँगो रकममा बिक्री हुने बलिउड चलचित्र बनेको छ ।

योे चलचित्रमा अक्षय कुमारका साथमा सारा अली खान र धनुषको मुख्य भूमिका रहेको छ । यस चलचित्रको लागत १२० करोड रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?