
९ मंसिर, चितवन । शुक्रबार उद्घाटन हुने नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि मञ्च निर्माण तथा परिसर सजावट कार्य बिहीबार साँझसम्मै गरिएको छ । चितवनको नारायणी किनारमा निर्माण गरिएको मञ्च परिसरमा एकसिंगे गैंडाले कम्युनिष्ट पार्टीको झण्डा समातेको मस्कट उभ्याइएको छ ।
मञ्च परिसरमा कम्युष्टि पार्टीको झण्डा, एमालेको चुनाव चिह्न सूर्य र मार्ग दर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको ब्यानर राखिएको छ । महाधिवेशन उद्घाटन हुने मञ्च परिसरमा जीवित नेताहरुको तस्वीर राखिएको छैन ।
यसअघि एमालेको कार्यक्रमहरुमा केपी शर्मा ओलीको ‘कटआउट’ उभ्याउने र ठूलठूला तस्वीर टाँग्ने गरिएको थियो । गत असोजमा काठमाडौंको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनमा पनि ओलीको कटआउट राखिएको थियो ।
अघिल्ला महाधिवेशनहरुमा नेताहरुले आफ्नो उम्मेदवारीको ब्यानर र पोस्टर टाँग्ने गरेका थिए । तर यसपटक उम्मेदवारी घोषणा गरेका नेताहरुको समेत बिहीबार साँझसम्म कुनै प्रचार सामग्री देखिएको छैन ।
एमाले अध्यक्ष ओलीका समर्थकले सवारी लगायत निजी प्रयोजनका साधनहरुमा भने ओलीको तस्वीर राखेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4