+
+

नवप्रवेशी सातदोबाटोसँग थ्रीस्टार पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १५:०९

१० मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई १-० ले पराजित गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सुदीप गुरुङले ३० औं मिनेटमा गोल गर्दे सातदोबाटोलाई जिताए । सुदीपले अजयी मार्टिनकोको पासमा गोल गरेका हुन् ।

पहिलो खेलमा फ्रेण्ड्ससंग गोलरहित बराबरी खेल्दै ए डिभिजन लिगमा डेब्यु गरेको सातदोबाटोले नेपालकै चर्चित क्लब थ्रीस्टारलाई हराउँदै महत्वपूर्ण तीन अंक झोड्यो ।

सुरुवातदेखि नै सातदोबाटोले थ्रीस्टार विरुद्ध राम्रो खेलेको थियो । थ्रीस्टारले भने तालमेल मिलाउनमै संघर्ष गरिरहेको थियो ।

३७ औं मिनेटमा थ्रीस्टारका ऋतिककुमार खड्काको प्रहारलाई सातदोबाटोका गोलकिपर अभिषेक बरालले पन्च गरेर बाहिर फालिदिए ।

 

७२ औं मिनेटमा पेनाल्टी बक्समा आकाश बुढा मगरले मिलाएको पासमा सातदोबाटोका अजयी मार्टिनले प्रहार गरेको बल थ्रीस्टारका गोलकिपर प्रिसोले बताए ।

दोस्रो हाफमा समेत थ्रीस्टारले गोलको अवसर बनाउन सकेन । जितपछि सातदोबाटो २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । थ्रीस्टारको २ खेलबाट ३ अंक छ र ऊ दोस्रो स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?