+
+

हारपछि थ्रीस्टारका प्रशिक्षक श्रेष्ठले भने : स्ट्राइकरकै कमी भयो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १७:१४

१० मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई १-० ले पराजित गरेको छ । सुदीप गुरुङले ३० औं मिनेटमा गरेको गोलले सातदोबाटो विजयी भयो ।

हारपछि थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले राम्रो खेल्न नसकेको स्वीकार गरे ।

उनले मिडफिल्डर हेमन्त थापा मगर पखाला लागेर खेल्न नसक्दा गाह्रो भएको बताए । ‘अलिकति गाह्रो भयो । ‘मिडफिल्डर हेमन्त डायरिया भएर खेल्न पाएन । अन्तिममा केही मिनेट मात्र खेल्यो । बीचमा बल होल्ड भएन । स्ट्राइकिङमा पनि समस्या पहिले जस्तै भयो’ उनले भने ।

श्रेष्ठले आफूहरुले बलमा नियन्त्रण राख्न र सातदोबाटोको पोस्टमा गोलको प्रयास नै गर्न नसकेको स्वीकारे । ‘हामीले आज बल नै राख्न सकेनौं मिस पास भयो । आज स्ट्राइकरकै कमी भयो, पोस्ट एटेम्प्ट भएन’ उनले भने ।

यो हारले आफूहरुको उपाधियात्रामा गाह्रो पार्ने प्रशिक्षक श्रेष्ठले बताए । उनले सातदोबाटोको खेलको प्रशंसा पनि गरे । ‘विपक्षी टिम योङ छ । राम्रो खेल्यो । हामीले भन्दा राम्रो खेल्यो अनि जित्यो ।’

सातदोबाटोका प्रशिक्षक मेघराज केसी भने जितबाट खुशी छन् । ‘हाम्रो नयाँ टिमले थ्रीस्टारसँग मिहिनेत गरेर राम्रो खेल्यो । जितेर मात्र त्यसो भनेको होइन कि अवसर पनि बनायो । उनीहरुले एक अवसर बनाउँदा हामीले ५-७ बल हान्यौं’ उनले भने ।

केसीले जितबाट सन्तुष्ट रहेपनि अझै सुधार बाँकी रहेको बताए । ‘जितबाट सन्तुष्ट छु । मिहिनेत गर्न अझै बाँकी छ’ उनले भने । गोल स्कोरिङमा अझै सुधार गर्नुपर्ने प्रशिक्षक केसीले बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?