
१० मंसिर, चितवन । नेकपा एमालेका नेताहरुबीच केन्द्रीय कमिटीको आकार बढाउने समझदारी भएको छ । अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुबीच भएको छलफलमा २२५ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर ३०१ बनाउने सहमति भएको हो ।
साथै पोलिटब्यूरो पनि राख्ने सहमति भएको छ । पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्ने टुंगो लागेको छैन । यसबारे छलफल चलिरकेको एक नेताले जानकारी दिए ।
नयाँ नेतृत्व चयनका लागि शुक्रबारदेखि दशौं महाधिवेशनमा जुटेको एमालेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक अहिले केहीबेरमा सौराहमा बस्दैछ । यो बैठकमा नेताहरुबीच भएको सहमतिअनुसार विधान संशोधनको प्रस्ताव आउने स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4