+
+

दार्चुला कांग्रेस सभापतिमा ललितसिंह बोहरा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते ११:११

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेस दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि सभापति पदमा विजयी भएका हुन् ।

शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बोहराले ६२० मत पाए भने उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुनिकट हुन् ।

उपसभापतिमा ललितसिंह ठगुन्ना र महादेव बडु विजयी भएका छन् । ठगुन्नाले ५४० र बडुले ४८२ मत पाएको निर्वाचन समितिले जनाएको छ । दुई सचिव पदमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट निर्वाचित भएका छन् ।

कार्कीले ६६५ र भट्टले ४०५ मत प्राप्त गरेका छन् भने सहसचिवमा राजु अवस्थी र राजेन्द्र प्रसाद जोशी विजयी भएका छन् । अवस्थीले ५६९ र जोशीले ४२८ मत पाएका छन् । कोषाध्यक्ष भने जिल्ला कार्यसमितिले मनोनित गर्ने कांग्रेस विधानको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?