११ मंसिर, काठमाडौं । नेकपा एमालेकी नेतृ विन्दा पाण्डेले आफूले उपमहासचिव पदमा उम्मेदवारी दिने बताएकी छन् । सहमतिका लागि प्रयास भइरहेको भनिए पनि आफूले उपमहासचिवमा दावी नछाडेको उनले बताइन् ।
‘सहमतिको नाममा जे जे प्रचार भइरहेको छ । त्यसमा सहमति भएको छैन’ उनले अनलाइनखबरसँग भनिन्, ‘मैले उपमहासचिव पदको दावी छोडेको छैन ।’
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उपमहासचिव पदको संख्या १ बाट थपेर ३ बनाएको छ । पद थपे पनि वा नथपे पनि उपमहासचिवमा आफ्नो दावी रहेको नेतृ पाण्डेको भनाइ छ ।
उपमहासचिव पदमा वर्तमान केन्द्रीय समितिका सचिव गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य विष्णु रिमाल लगायतले पनि दावी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4