+
+

गौतम गम्भीरलाई इस्लामिक स्टेटको धम्की

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १२:१६

१२ मंसिर, काठमाडौं । भारतका पूर्वक्रिकेटर एवं भारतीय जनता पार्टीका सांसद गौतम गम्भीरलाई ज्यान मार्ने धम्की आएको छ ।

गम्भीरलाई ५ दिनको अवधिमा ३ पटक ज्यान मार्ने धम्की आएको भारतीय समाचार माध्यमले जनाएका छन् । उनलाई आइतबार ई-मेलमार्फत् ‘आईएसआईएस कश्मीर’ नामक समूहबाट तेस्रो पटक ज्यान मार्ने धम्की आएको प्रहरीले बताएको छ । ई-मेलमा दिल्ली प्रहरीलाई समेत उल्लेख गरिएको छ ।

‘दिल्ली प्रहरी र डीसीपी श्वेता चौहानले केही गर्न सक्दैनन् किनभने उनीहरूको जासुसी गर्ने मान्छे प्रहरीभित्रै छन्’, आईएसआईएस कश्मीरको ई-मेलमा भनिएको छ ।

दिल्ली प्रहरीका वरिष्ट अधिकारीका अनुसार ई-मेलको स्रोत पहिचान गर्न भन्दै प्रहरीको साइबर सेलसमक्ष उजुरी परेको र थप अनुसन्धान भइरहेको छ ।

यसअघि गम्भीरलाई २ पटक ज्यान मार्ने धम्की आएको थियो । गत मंगलबार गम्भीरलाई बिहान ९: ३२ बजेतिर ज्यान मार्ने धम्कीसहितको ई-मेल पठाइएको थियो । ‘हामीले तँलाई र तेरो परिवारलाई मार्न गइरहेका छौं’, [email protected] बाट आएको ई-मेलमा लेखिएको थियो ।

बुधबार पनि सोही ई-मेलमार्फत् घरबाहिर खिचिएको भिडियोसहित ज्यान मार्ने धम्की आएको थियो । धम्कीपछि उनको निवासमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?