+
+

देशले नयाँ ध्रुवीकरण खोजेको छ : भट्टराई

टोपराज शर्मा टोपराज शर्मा
२०७८ मंसिर १२ गते १२:३१

१२ मंसिर, बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशले नयाँ राजनीतिक ध्रुवीकरण र उथलपुथल माग गरेको बताएका छन् ।

राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भएपनि आम जनताको आर्थिक, सामाजिक स्तरमा खासै परिवर्तन आउन नसक्दा जनतामा निराशा र अन्योलता छाएको भन्दै उनले देशमा नयाँ वैकल्पिक शक्ति चाहिएको बताए ।

आइतबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एवं पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा लगायतका पार्टीहरूबीच ध्रुवीकरण गरेर वैकल्पिक पार्टी बनाउनुपर्नेमा जोड दिए ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट रुपान्तरणकारी परिवर्तनको अपेक्षा गर्न नसकिने भट्टराईले बताए । यद्यपि आगामी चुनावसम्म अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्ने बताए ।

नेकपा एमाले अग्रगमनको वाधक र नवफासीवादी शक्ति भएको उनको दाबी छ । उनले एमालेको महाधिवेशनको तडकभडक निभ्ने बेलाको वत्ति जस्तै भएको टिप्पणी गरे ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?