+
+

सिभिल बैंकले मनायो ११ औं वार्षिकोत्सव 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १३:१३

काठमाडौं । सिभिल बैंकले विविध कार्यक्रमको आयोजना गरी ११ औं वार्षिकोत्सव मनाएको छ ।

विभिन्न सेवाहरुको थालनीका साथै विविध कार्यक्रमहरुको आयोजना गरी  वार्षिकोत्सव मनाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वाषिकोत्सवको अवसरमा बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरुमा विविध कार्यक्रमहरुको आयोजना गरेको बैंकले जनाएको छ ।

बैंकको प्रधान कार्यालयमा प्रायोरीटि बैंकिङ सेवाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरेका थिए भने कल सेन्टर सेवा र मिस्ड कल बैंकिङ ‘एक घण्टी झ्याप्प पेमेन्ट’ सेवाको शुभारम्भ बैंकका सञ्चालक समितिका सदस्य प्रकाश तायलले गरेका थिए ।

३८ स्थानमा रक्तदान कार्यक्रम

बैंकले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तर्दायित्वका विविध कार्यक्रमहरु आयोजना गरेको छ । जसअनुसार देशभर छरिएर रहेका बेंकका मुख्य शाखासहित ३८ स्थानमा ५९ शाखाको सहभागितामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

जेहेन्दार छात्रालाई छात्रावृत्ति

वार्षिकोत्सवको अवसरमा बैंकले गरिब तथा जेहेन्दार छात्रालाई छात्रावृत्ति वितरण गरेको छ ।

देशभर छरिएका बैंकका ५६ स्थानका ५६ वटै शाखाहरुमा विपन्न तथा जेहेन्दार छात्रालाई छात्रवृति वितरण गरिएको बैंकले जनाएको छ । सरकारी विद्यालयमा कक्षा ६–१० सम्म अध्ययनरत गरीव तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप रु ५,००० प्रदान गरिएको बैंकले जनाएको छ ।

विविध सेवाको थालनी

बैंकले वार्षिकोत्सवको अवसरमा विविध सेवाको थालनी गरेको छ । बैंकले विशेष व्यक्तिगत निक्षेपकर्ताहरुका लागी झन्झटरहित तथा समर्पित बैंकिङ सेवाका लागि प्रायोरीटि बैंकिङ सेवाको थालनी गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुको समस्या तथा गुनासोको हल गर्न चौविसै घण्टा सञ्चालन हुने कल सेन्टर सेवा पनि सञ्चालनमा ल्याएको छ । कल सेन्टरकोे उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य प्रकाश तायलले गरेका थिए ।

बैंकले मिस्ड कल बैंकिङ ‘एक घण्टी झ्याप्प पेमेन्ट’ सेवाको पनि शुभारम्भ गरेको छ । केवल एक मिस कलबाट नै विजुलीको महसुल भुक्तानी हुने सेवाको उद्घाटन पनि बैंकका सञ्चालक समितिका सदस्य तायलले नै गरेका थिए ।

बैंकले १०० देखि ५०० डलरसम्म लिन सकिने भर्चुअल डलर कार्डको उपयोग अन्तर्राष्ट्रिय सेवा तथा वस्तुहरु अनलाइन मार्फत खरिद गर्न सकिने सेवाको प्रारम्भ गरेको छ ।

यस्तै बैंकले सिभिल भर्चुअल एसिस्टेन्ट “सिभा”को पनि शुभारम्भ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?