+
+

चेम्बर अध्यक्षले भने– बिमा समितिको ‘कार्टेलिङ’ मान्य छैन, तत्काल सच्याइयोस्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १३:२३

१२ मंसिर, काठमाडौं । बिमा समितिले बिमा कम्पनीहरुको पुनर्बिमामा कार्टेलिङ गरिएको भन्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आपत्ति जनाएका छन् । बिमा समितिले शुक्रबार बिमा कम्पनीहरुका लागि निर्देशन जारी गर्दै स्वदेशी पुनर्बिमा कम्पनीहरुले अनुमति दिएमात्रै विदेशी कम्पनीहरुसँग पुनर्बिमा गर्न भनेको थियो ।

हाल एउटा नेपाल पुनर्बिमा कम्पनीमात्रै सञ्चालनमा छ भने अर्को हिमालय रि इन्स्योरेन्स सञ्चालनमा आउने अन्तिम तयारीमा छ । यी दुई कम्पनीको अनुमति पाए मात्रै बाहिर पुनर्बिमा गर्न समितिले निर्देशन दिए पछि चेम्बर अध्यक्ष मल्लले यो निर्णय मान्य नहुने बताए । अनलाइनखबरसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष मल्लले बिमा समितिले खुला बजार अर्थतन्त्रमा यस्तो कार्टेलिङ स्वीकार्य नहुने बताए ।

बिमा कम्पनीहरुले अहिले अधिकांश जस्तो पुनर्बिमा विदेशी कम्पनीहरुमा गराउने गरेका छन् । पुनर्बिमा भनेको जोखिम बहन ‘रिस्क शेयर’ गर्ने व्यवसाय हो । स्वदेशी कम्पनीहरुले मात्रै जोखिम लिए देशमा महाविपत्ति आउँदा बिमा व्यवसाय नै धरासाय हुन्छ । बिमाको विश्वव्यापी मान्यता अनुसार पनि शतप्रतिशत पुनर्बिमा स्वदेशी कम्पनी गराइदैन ।

तर बिमा समितिले विश्व व्यापार संगठनको नियम विपरीत कार्टेलिङ गरिएको भन्दै यो निर्णय तत्काल सच्याउन आग्रह गरे । अहिले करिब एक लाख जनाले कोरोना बिमा वापतको रकम भुक्तानी पाउन सकेका छैनन् । कोरोना बिमा बाहिर पुनर्बीमा नभएको ‘प्रोडक्ट’ हो । दुइ कम्पनीहरुको मात्रै एकाधिकार रहने गरी गरिएको निर्देशनले भोलिका दिनमा बिमा गरेका भुक्तानी पाउन नसक्ने अवस्था सिर्जना हुने उनले बताए ।

‘अहिले पुनर्बिमा कम्पनीको पुँजी २० अर्ब रुपैयाँ हो, यहाँ त ३९ कम्पनीहरुको खर्बौको विजनेशको कुरा छ’ निर्जीवन बिमा व्यवसायी संघका अध्यक्षसमेत रहेका उनले भने, ‘दुइ वटा कम्पनीले रिस्क बोक्नै सक्दैनन्, जर्बजस्ती कार्टेलिङ गरिए बिमा क्षेत्र कोल्याप्स हुनेछ ।’ बिमा समितिका अध्यक्ष सूर्य सिलवाललाई तत्कालै निर्णय सच्याउनका लागि आग्रह गर्ने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?